हाइसले मोटरसाईकललाई ठक्कर दिँदा…

अत्तरिया– कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिएको छ । सोमबार राति लम्कीचुहा नगरपालिका-४ बलियामा पूर्वबाट पश्चिम आउदै गरेको सुदूरपश्चि प्रदेश ०१००१ ज १५४७ नम्बरको इलेक्ट्रिक हाइसले से ३ प ६४९३ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको हो ।

Bhancha ghar0

हाइसको ठक्करबाट मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-४ का ३८ वर्षीय चन्द्र प्रसाद चौधरी र मोटरसाइकल पछाडी सवार ३४ वर्षीय लेखराम चौधरी घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

चन्द्र प्रसाद चौधरीको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ भने लेखराम चौधरीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज रेफर गरिएको प्रहरीले बताएको छ । हाइस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का २२ वर्षीय दिपक धितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

Loading...