कृष्णपुर नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन

गुलरीया- कृष्णपुर नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ । कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबार देखि वडा न.१ को कुमगडाबाट नगर उपप्रमुख द्रोपती रानाले निःशुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन । भौगोलिक हिसाबले नगरको सबैभन्दा विकटमा रहेको कुमगडा, गोजे क्षेत्रबाट आँखा शिविरको शुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको उपप्रमुख रानाले बताइन ।

नगरप्रमुख रानाले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले घरआगनसम्मै शिविर सञ्चालनमा ल्याएको भन्दै सबै नागरीकहरुले सेवा लिनुपर्ने बताइन । त्यस्तै वडा न.१ का अध्यक्ष मोहन बहादुर बस्नेतले वडाका थप दुई ठाउँमा आँखा शिविर सञ्चालन हुने भएपनि नगरप्रमुख हेमराज ओझा ज्यूले कुमगडा,गोजे क्षेत्रका नागरिकलाई निगाली र दोमिल्लामा आउन जान गाहृो पर्ने भएकोले कुमगडा,गोजे मै सेवा दिन आग्रह गर्नुभएको थियो त्यसैले यतैबाट सेवा दिएको बताए ।

Navadurga sun
Godawari sandesh

वडा अध्यक्ष बस्नेतले विकासका दृष्ट्रिकोणले पछि परेको कुमगडा,गोजे क्षेत्रको समग्र विकास कसरी गर्न सकिन्छ भनेर सबैजना चिन्तित रहेको भन्दै बिस्तारै विकास निर्माणका गतिविधि समेत अगाडी बढ्ने उनले बताए ।

Dadeldhura hospital

आँखा शिविरमा प्राविधिक सहयोग गरिरहेको संस्था धनगढी नेत्रालयका डा.आशिष पाण्डेयले नगरपालिकासँग जोडिएर दुरदराजका नागरिकको सेव गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले धनगढी नेत्रालयले कुनै रकम नलिएर कृष्णपुर नगरपालिकामा १७ दिनसम्म सेवा गर्ने बताए ।

आँखा शिविरमा सेवा लिन आएकी स्थानिय प्रमिला जेठाराले कुमगडा,गोजे क्षेत्रमा आजसम्म यस्ताखाले शिविर कहिल्यै नआएको भन्दै सेवा लिन पाउँदा अन्यन्तै खुशी लागेको बताइन । त्यस्तै स्थानीय दिल बहादुर खत्रीले आफूहरुका लागि पनि स्थानीय सरकार भएको अनुभुति भएको भन्दै जनप्रतिधिलाई धन्यवाद दिए । आँखा शिवरको पहिलो दिन वडा न.१ को कुमगडा, गोजे क्षेत्रका १६८ जनाले सेवा लिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिस्टले जानकारी दिए ।

शिविरमा निशुल्क आँखा जाँच,आवश्यक पर्नेलाई निशुल्क चश्मा वितरण र अप्रेशन गर्नुपर्ने बिरामीलाई आरुनै सवारी साधनमा राखेर निशुल्क अप्रेशन गरिने धनगढी नेत्रालयका डा.आशिष पाण्डेयले बताए । आजबाट शुरु भएको निःशुल्क आँखा शिविर नगरका ९ वटै वडाका १२ वडा स्वास्थ्य संस्थामा गरी पौष १७ गतेसम्म सञ्चालन गरिनेछ ।

कृष्णपुर नगरपालिका वडा न. १ का अध्यक्ष मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर उपप्रमुख द्रोपती राना प्रमुख अतिथि रहेका थिइन । त्यस्तै कार्यपालिका सदस्य मदन नेपाली,दिल बहादुर टमाटा, रत्ना कुमारी बोहरा, धनगढी नेत्रालयको नेत्र विशेषज्ञ टोली, कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिस्ट लगायतको उपस्थिति रहेको थियो ।

Loading...