आज राष्ट्रिय झण्डा दिवस

Bhancha ghar0

काठमाडौँ- आज राष्ट्रिय झण्डा दिवस विविध कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्ष पौष १ गते नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । यस वर्ष राष्ट्रिय झण्डा दिवसको छैटौँ श्रृंखला हो ।

२०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अङ्गीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवसलगायत फरक फरक मितिमा राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

Loading...