सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेल, रेखा जोशी लगायतको प्रस्तुती रहने

धनगढी- सुदूरपश्चिम महोत्सवको दशौँ दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ । आज (आइतबार) को कार्यक्रममा कलाकारहरू प्रमोद खरेल, रेखा जोशी, नन्द कृष्ण जोशी, नरेन्द्र राज रेग्मी, राज कुस्मी, अविशेक खड्का र रबिन पातली आउने भएका छन् ।

त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म भएको ३ दिन थप भएपछि अब ५ गते सम्म चल्ने छ । यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् ।

महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

Loading...