गुडिरहेको स्कार्पियोमा आगलागी

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा गुडिरहेको स्कार्पियोमा आगलागी भएको छ । बेलौरी नगरपालिका वडा नं. ८ कानपुरमा स्थानीय भुपेन्द्र ठगुन्नाको सु प प्र ०१००१ च ३५८२ नम्बरको स्कार्पियोमा आगलागी भएको हो ।

Bhancha ghar0

स्कार्पियोमा बेलडाडिबाट घर तर्फ गैरहेका ठगुन्नाको स्कार्पियोमा एक्कासी आगलागि भएको थियो । चलिरहेको स्कार्पियोमा एक्कासि तार सर्ट भइ आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद बजगाइका अनुसार आगलागी हँुदा चालक ठग्गुन्ना भने स्कार्पियोबाट बाहिर निस्किन सफल भएका थिए । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट स्कार्पियोको आगाडी पुरै जलेको छ । गाडी भित्र रहेको आइफोन र अर्को स्माट फोन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Loading...