सुदूरपश्चिम महोत्सव : आज चर्चित गायक रमेश राज भट्टराई, चक्र बम र मोडल झरना बोहराको प्रस्तुती रहने

धनगढी- सुदूरपश्चिम महोत्सवको सातौँ दिन आज (बिहीबार) चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

आज (बिहीबार) को कार्यक्रममा चर्चित गायक रमेश राज भट्टराई, गायक चक्र बम र मोडल झरना बोहरा आउने कार्यक्रम रहेको संयोजक मिलन कुँवरले बताए ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले बताए । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृती मुख्य आर्कषण रहेका छन् ।

महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ । सुदूरपश्चिम महोत्सवको यो १७ औं संस्करणको हो ।

Couple
Loading...