डडेल्धुरामा जिप दुर्घटना, ८ जना घाइते

डडेल्धुरा- डडेल्धुरामा जिप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।

Ganyapdhura gau
Dadhaldhura pur

नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर विष्टका अनुसार नवदुर्गा गाउँपालिका वडा नम्बर २ को रउतगाउँमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएको बताए। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

Navadurga sun

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ। जिपका सहचालक तारा ऐर गम्भीर घाइते भएको वडाध्यक्ष विष्टले बताए । उनका अनुसार घाइते हुनेमा एक जना कार्यपालिका सदस्य इन्द्रा धामी पनि छिन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...