भोली सुदूरपश्चिम महोत्सवमा चर्चित गायीका अस्मिता अधिकारी लगायत कलाकारको प्रस्तुति रहने

धनगढी- सुदूरपश्चिम महोत्सवको छैंटौँ दिन बुधवार (भोली) चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ ।

Malpot office dadeldhura

बुधवार (भोली) चर्चित लोक गायीका अस्मिता अधिकारी र रुप मगर देउडा गाएक प्रकाश थापा ,रुबिना अधिकारी र हिमाल सगर आउने महोत्सव संयोजक मिलन कुँवरले वताए ।

कार्यक्रममा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुती रहने संयोजक कुँवरले जानकारी दिए । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् ।

महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...