कृष्णपुर नगरपालिकाको सबै वडामा निःशुल्क आँखा शिविर हुँदै

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सबै वडामा निःशुलक आँखा शिविर संचालन हुने भएको छ। कृष्णपुर नगरपालिकाको आयोजना, धनगढी नेत्रालय र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको सहयोग र समन्वयमा निःशुल्क आँखा शिवर हुने भएको हो ।

निःशुल्क आँखा जाँच सेवा, निःशुल्क नजिकको चश्मा वितरण तथा आवश्यक भएका व्यक्तिहरुको धनगढी नेत्रालय धनगढी कैलालीमा निःशुल्क आँखाको शल्यक्रिया गरिने सूचनामा जनाइएको छ ।

आँखा शिविर बिहान १०ः३० देखि ४ बजे सम्म चल्ने छ । आँखा शिविर वडा नं. १ को श्री कृष्णपुर न.पा. वडा नं. १ कुमगडामा पुष १ गते आइतबार, श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र दोमिल्लामा पुष २ गते सोमबार र श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र निगाली पुष ३ गते मंगलबार गरिने छ ।

Bhancha ghar0

त्यस्तै वडा नं. २ को श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र नन्दीपुरमा पुष ४ गते र श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र गड्बिजुलामा पुष ५ गते शिविर संचालन गरिने छ ।

त्यस्तै वडा नं. ३ को श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र कटानमा पुष ६ गते गरिने छ भने वडा नं.४ को श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र मालुबेलामा पुष ८ गते र श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र आधारभुत स्वास्थ्य सेवा केन्द्र साहारानगरमा पुष १० गते शिविर संचालन गरिने भएको छ ।

त्यस्तै वडा नं. ५ को श्री कृष्णपुर स्वास्थ्य चौकी गुलरियामा पुष ११ गते, वडा नं. ६ को श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र मौरीफाँटामा पुष १२ गते, वडा नं. ७ को श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र कलुवापुरमा पुष १३ गते, वडा नं. ८ को श्री रैकवार बिचवा स्वास्थ्य चौकी बिचवामा पुष १६ गते र वडा नं. ९ को श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र राजघाटमा पुष १७ गते निःशुल्क आँखा शिविर संचालन हुने नगरपालिकाले सूचना मार्फत जनाएको छ ।

Loading...