लिटल फ्लावर प्रिमियर लिग : सत्यवती एकेडेमी सेमीफाइनलमा

धनगढी- सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘डी’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ । यस अघि समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी, समुह ‘बि’ बाट युथ अफ टिकापुर सेमीफाइनल प्रवेश गरिसकेका छन् ।

सोमबार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्यो । सत्यवती एकेडेमीले दिएको १२७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९-१ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनायो ।

godawari10 Mahila hinsa
Navadurga sun

एक्सिलेन्स सेन्टरको ब्याटिंगमा अर्जुन घर्तिले सर्वाधिक ३४ रन बनाए भने सचिन लेखकले १९, मनोज यादवले १७ तथा राज कुमार शाहले १३ रन बनाए । सत्यवती एकेडेमीको बलिंगमा फिर्दोश अन्सारी र तृत राज दासले २/२ विकेट लिए भने अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जित कुमार र सन्दिप क्षेत्रीले १/१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनायो । सत्यवतीको लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए । ओपनिंग गरेका उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। इमरान शेख र सुजन गौतमले समान २१ रन बनाए ।

Dadeldhura hospital

क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले १-१ विकेट लिए ।

लिटल फ्लावरको सान्त्वना जित
यस अघि दिनको पहिलो खेलमा लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्यो । जितको बाबजुद समुह ‘सी’ को उपविजेता लिटल फ्लावर सेमीफाइनल प्रवेश गर्न असफल रह्यो। तिन वटै खेलमा जितको साथ समुह ‘सी’ को विजेताको रुपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेको छ ।

लिटल फ्लावरले दिएको १३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रनमा सबै विकेट गुमायो। गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १० रन खर्चिए । बिपिन खत्री, दिनेश अधिकारी र सचिन भट्टले २र२ विकेट लिए । टस जितेर ब्याटिंग गरेको लिटल फ्लावर स्कुलले २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनायो ।

लिटल फ्लावरका ओपनर मनिस थापाले अर्धशतकीय योगदान दिने क्रममा ४७ बलमा ४ चौका र १ छक्का मद्दतले ५० रन बनाए । अभिषेक पालले २९, अनिल रावतले १४ तथा बिपिन खत्री र दिनेश अधिकारीले समान ११ रन बनाए । गरुडा नगरपालिकाको बलिंगमा रुपेश सिंह, नितेश यादव र डब्लु मलिकले २्२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याकबक्स बीच तथा दोश्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र धनगढी क्रिकेट एकेडेमी बीच हुनेछ ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।

Loading...