परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइको पहल गर्ने

काठमाण्डौ– परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । दोहा २१औँ सम्मेलनमा सहभागी हुन उनी शनिबार बिहान ७ः४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Bhancha ghar0

परराष्ट्रमन्त्री साउदले आइतबार (डिसेम्बर १०) मा कतारमा सुरु हुने दोहा २१औँ फोरममा सहभागी हुने क्रममा उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ कुरा उठाउने बताइएको छ ।

उनले कतारमा समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका रहेको छ । मन्त्री साउदले यस अघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए ।

Loading...