फुलवारी जेसिजको अध्यक्षमा सुरज गिरी चयन

धनगढी– कैलालीको फुलवारी जेसिजको नवौं शाखा अधिवेशन सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित फुलवारीमा सम्पन्न भएको महाधिवेशनले सन् २०२४ का लागि अध्यक्षमा सुरज गिरीलाई सर्वसम्मत चयन गरेको छ ।

कार्यकारी उपाध्यक्षमा कामदेव ओझा र नन्द गोपाल राना, कानुनी सल्लाहकारमा मनोज चौधरी, महासचिवमा सुशान्त जोशी, कोषाध्यक्षमा दिपक बिक, उपाध्यक्षहरुमा तेज पडाल, सविन गिरी, शहेन्द्र चौधरी, मनोज पुन सचिवमा, नबराज जोशी, शिक्षा संयोजकमा जगदीश घर्ती, तालीम आयुक्तमा रामचन्द्र कार्की र सह कोषाध्यक्षमा चन्द्रा घर्तीलाई चयन गरेको निर्वाचन आयुक्त तथा फूलबारी जेसिजका निवर्तमान अध्यक्ष विष्णु प्रसाद ओझाले बताए ।

Navadurga sun

फुलवारी जेसिज बर्ष २०२३ का अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनमा फुलवारी जेसिजका संस्थापक अध्यक्ष सुनिल सुवेदी र निवर्तमान अध्यक्ष विष्णु प्रसाद ओझाको उपस्थिति रहेको थियो । सन् २०१५ मा फुलवारीमा सक्रिय युवाहरुले स्थापना गरेको फुलवारी जेसिजले समाजमा विभिन्न किसिमका तालीम तथा कार्यक्रम हरु सञ्चालन गर्दै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...