आज वर्षकै पहिलो एकादशी

काठमाडौं- उत्त्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शुक्रबार मनाइँदैछ। पञ्चांगमा एकादशी तिथि शनिबार बिहान ४:२६ बजेसम्म रहने उल्लेख छ।​ एकादशीको व्रत शुरु गर्नेहरूले यसै दिनलाई आधार मान्ने गर्छन्। एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्षमा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्।

Bhancha ghar0

यो तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका पदार्थ नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।

 

Loading...