डडेल्धुरामा आयुर्वेद उपचारबाट सेवा लिने बढे

हरिश चन्द/डडेल्धुरा- आयुर्वेद उपचारबाट डडेल्धुरामा  पछिल्लो समय सेवा ग्राहीहरूको आकर्षण बढ्न थालेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई व्यवस्थित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाएपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । आर्थिक वर्ष २०८९/०८० मा ७ हजार ३ सय ५६, र २०८०/०८१ हल सम्म मा ११ हजार ३ सय ८५  जनाले सेवा लिएका छन ।

Navadurga sun

सेवा विस्तार भएपछि आयुर्वेदिक औषधीले रोग प्रतिरोधात्मक क्षमता  पनि बढाउँने भएकाले कोरोना भाईरसको संक्रमण फैलिरहेका समयमा बिरामीहरू आयुर्वेद उपचार प्रति आकर्षण बढेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका नि. प्रमुख  निशान्त  शर्माले बताउँनु भयो । 

पहिले आयुर्वेद उपचार गर्न दिनमा पहिले दिनमा १५ देखी २५ जना सम्म मात्रै बिरामी आउने केन्द्रमा आज भोलि भने दिनमा ६०  देखी ८० जना सम्म बिरामी उपचारका लागि आउने गरेको  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बिरामीका साथै बिरामी नभएकाहरू पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि  विभिन्न किसिमका औषधी समेत लग्ने गरेका छन् ।

योग, व्यायाम र प्राकृतिक उपचार पद्धतिबाट कोरोना सङ्क्रमितहरूको उपचार गरेको थियो । जसले गर्दा आयुर्वेद पद्धतिप्रति नागरिकको आकर्षण थप बढेको छ । 

ADD Khali jpg
ADD Khali jpg
Loading...