बैतडीमा ब्रेक फेल भएर जिप दुर्घटना

बैतडी- बैतडीमा ब्रेक फेल भएर जिप दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००४३ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले सिगास गाउँपालिका–३ को डुँडै नजिक जिप सोमबार बिहान दुर्घटनामा परेको बताए। जिपमा चालक धर्म कुँवर मात्रै रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ।

Navadurga sun

ब्रेक फेल भएर जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ। जिप पूर्ण रूपमा क्षति भएको छ। यात्रु लिनका लागि गइरहेको जिप दुर्घटनामा परेको उनले बताए । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...