मालिकार्जुन जात्रामा भक्तजनको घुइँचो

RBB Bank Suvakamana
Purbadhar dadeldhura

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज आइतबार दार्चुला जिल्लाकै प्रसिद्ध जात्रा सुरुभएको छ । हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जात्रामा श्रद्धालु भक्तजन र दर्शकको ठुलो भिड हुने गरेको छ । पूजाआजासँगै विभिन्न सांस्कृतिक गतिविधि र मनोरञ्जनका लागि प्रसिद्ध मालिकार्जुन जात्रा भाराण लगेपछि दिउँसोदेखि नै सुरु हुने गरेको छ ।

जात्रा अवधिभर मदिरा तथा जुवातास पूर्ण रूपमा निषेध गरिएको छ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई दृष्टिगत गर्दै प्रहरीले पसलहरूमा खोजतलास, निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने र सेवन तथा बिक्री गरेको पाइएमा पक्राउ गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले बताए । जात्रालाई शान्तिपूर्ण बनाउन करिब दुई सय सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

Malpot office dadeldhura

डिएसपी सिंहका अनुसार मालिकार्जुन जात्रामा ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १३७ नेपाल प्रहरी खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा ६० जना सशस्त्र प्रहरी खटिएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरू समेत जात्रामा सहभागी हुने बताइएको छ । सवारीसाधन चेकजाँचका लागि ट्राफिक प्रहरी खटिएका छन् । मालिकार्जुन जात्रालाई मध्यनजर गर्दै सुरक्षा समितिले जिल्लाको लेकम क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बताएको छ । मालिकार्जुनसहित दर्जनौँ विभिन्न शक्तिपीठमा जात्रा लागेको छ ।

मालिकार्जुनमा मदिरा कारोबार गर्ने व्यवसायीलाई पनि प्रहरीले जात्राको दिन मदिरा पूर्ण रूपमा बन्द गर्न भनेको छ । जात्रामा कोही कसैले मदिरा सेवन गरेको भेट्टिए तत्काल कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्राको लागि दार्चुलाका दुई स्थानीय तहमा दुई दिन स्थानीय बिदा दिइएको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले मङ्सिर १० गते आइतबार र ११ गते सोमबार बिदा दिएको सम्बन्धित स्थानीय तहले सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् ।

भाइटीका तथा द्वितीया तिथिबाट सुरु भएका जात्राको क्रममा मङ्सिर ५ गते लेकमको प्रसिद्ध जयपुर जात्रा र ९ गते शिखर धुरामा पूजनजात्रा सम्पन्न भइसकेको छ । लेकम क्षेत्रमा पूर्णिमासम्म विभिन्न शक्तिपीठमा दैनिकजसो जात्रा लागिरहेका छन् । मालिकार्जुन जात्रा व्यवस्थापनका लागि शान्ति सुरक्षा, विद्युत, खानेपानी, हेल्थ डेस्क स्थापनालगायतका आवश्यक व्यवस्थापकीय काम गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामीले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...