


बझाङ- बझाङमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो जिल्लाको छबिसपाथिभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फर्किँदै गरेको १६ जना सवार सुदूरपश्चिम प्रदेश ०४००१ ज ००१९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा सुर्मा गाँउपालिका-५ का ३० वर्षीय खगेन्द्र जेठारा र १७ वर्षीय समु बोहरा घाइते भएका छन् ।


घाइतेमध्ये जेठाराको टाउकोमा र बोहराको हातखुट्टामा चोट लागेको छ । उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ । जिप छबिसपाथिभेरा गाँउपालिका-५ खतेडामा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

