

बैतडी- बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार बिहान जिल्लाको सुनर्या गाउँपालिका-२ स्यागैरमा जिप दुर्घटना भएको हो ।



बैतडीको दशरथचन्द नगरपालिका-१ श्रीखण्डबाट सुर्नया गाउँपालिका दुईमा पर्ने पत्तालभुमेस्वर आउदै गरेको से.१ ज ६८७ नम्बरको गाडी सडकमा पल्टिएको स्थानीयले बताए । दुर्घटनामा परी तीन जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।


घाइते हुनेमा दशरथचन्द नगरपालिका-१ का १५ बर्षीया डम्मरी भट्ट, १५ बर्षीया पूजा भट्ट र १२ बर्षीय सुशील भट्ट रहेका छन् । उनीहरुको अवस्थामा समान्य रहेको प्रहरीले जनाएको छ । जिप चालक पदमसिँह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।