धनगढीका ४ वडामा ‘एकीकृत मोबाइल एप’ सुरु

धनगढी- धनगढीका ४ वटा वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु भएको छ । जिआइजेटको सहयोगमा धनगढीका उपमहानगरपालका वडा नम्बर ३, ११, १६ र १८ मा एकीकृत मोबाइल एप सुरु भएको हो । एपमा स्थानीय सरकारबाट सम्प्रेषित सम्पूणर् सूचनाको जानकारी, घरबाटै नगरवासीले आफ्नो समस्या तथा गुनासो सिधै जनप्रतिनिधीसँग राख्ने, आफ्ना व्यक्तिगत कागजातहरु अपलोड गरी भण्डारण गर्न सक्ने जिआइजेटका जीवन श्रेष्ठले बताए ।

Dadeldhura hospital

उनका अनुसार पालिकाले कुनै पनि समयमा जो कोहीको लागि कागजातहरूको डिजिटल प्रतिलिपि उपलब्ध गराउन सकिने र पालिकाका सम्पूर्ण वेबसाइटको विवरणका बोरेमा एकीकृत रूपमा जानकारी पाइने बताए । धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पालिकालाई प्रविधिमैत्री बनाउन पहल भइरहेको बताइन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उनले उपमहानगरबाट प्रवाह हुने सेवाका बारेमा सेवा ग्राहीले घरबाटै जानकारी लिन सक्ने व्यवस्था गर्न लागेको बताइन् । उपप्रमुख रानाले पालिकाबाट पाउने सेवासुबिधाका बारेका जानकारी, पालिका र वडाबाट जारी गरिने सूचना र सेवा ग्राहीले सेवाका बारेमा गुनासो गर्न सक्ने गरी प्रविधिको विकास गर्न लागि परेको समेत बताइन् ।

Loading...