दार्चुलामा जिप दुर्घटना, ६ जना घाइते

दार्चुला- दार्चुलामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम खलंगाबाट काटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जिप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा दुर्घटना भएको हो ।

Ganyapdhura gau

बिहिवार बिहान दार्चुलाको दल्लेख सडक खण्डको काटै खोलामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

Navadurga sun
Dadhaldhura pur

महाकाली नगरपालिका–५ मोहती बस्ने वर्ष ३३ कि रमिता भट्ट, महाकाली नगरपालिका काटै बस्ने वर्ष ७२ कि बिरादेवी भट्ट,महाकाली नगरपालिका बुडिचौरा बस्ने वर्ष ६८ कि मानमतिदेवी बडू घाइते भएका छन्।

यस्तै, महाकाली नगरपालिका–४ बस्ने वर्ष ३५ कि यशोदा अवस्थी, महाकाली नगरपालिका–२ बुडीचौरा बस्ने वर्ष ७० कि उजलीदेवी फराल, र महाकाली नगरपालिका–२ झुस्कु बस्ने वर्ष ४८ का देवदत्त भट्ट घाइते रहेको सिंहले जानकारी दिए।

जिप सडकमा पल्टिएको बताइएको थियो। प्रहरीले जिप चालक हरकसिंह नगाललाई नियन्त्रणमा लिएको छ। घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...