कैलारी गाउँपालिकामा आज शोक बिदा

धनगढी- कैलालीको कैलारी गाउँपालिकाले आज सोमबार शोक बिदा दिएको छ । गाउँपालिकामा कार्यरत सब–ओभरसियर विशेष चौधरीको निधनमा सोमबार पालिकाभर शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

टीकापुर घुम्न गएका बेला कार्तिक २५ गते कर्णाली नदीमा बेपत्ता भएका चौधरीको शव शुक्रवार दौलतपुर घाटमा फेला परेको थियो । उनको आइतबार अन्त्येष्टी गरिएको छ ।

Navadurga sun

कैलारी गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा समेत अति आवश्यक सेवा बाहेक शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले जारी सूचनामा उल्लेख गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...