सुप समावेशी आधारभूत बिद्यालयद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, अपाङ्गता मैत्री शौचालय र बाथरुमको शुभारम्भ


प्रकाशबहादुर बोहरा
अत्तरिया, ३ मंसिर- कैलालीको अत्तरियामा रहेको सु.प.समावेशी आधारभुत विद्यालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको समन्वयमा छठ पर्व २०८० को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।





उक्त अवसरमा अपाङ्गता मैत्री शौचालय र बाथरुम समेत शुभराम्भ गरिएको छ । परिलक्षित संस्थाको सहयोग गोदावरी नगरपालिकाको समुन्वयमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुका लागि अपाङ्गमैत्रि शौचालयको निर्माण कार्य सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सु.प.समावेशी आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बिष्ना देवी बोहराको सभाध्यक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय तुलसी देवकोटा रहेकी थिइन ।

उक्त कार्यक्रममा बोल्दै देवकोटाले म सामाजिक विकास समितिमा भएकोले शिक्षा, स्वास्थ्य, बालबालिका लगायतको क्षेत्रमा काम गर्ने भएकोले यहाँका लागि के गर्न सकिन्छ आफुले पहल गर्नमा जोडदाड भुमिका रहने बताइन् । प्रदेश सरकार, संघीय सरकार र स्थानिय सरकार तिनै तहको सरकार भएकोले हामीले आ-आफ्नो अधिकारको क्षेत्रमा रहेर हामीले काम गर्नुपर्ने हुन्छ । त्यसैले यस समावेशी हाम्रो आफ्नै क्षेत्रमा भएकोले यसलाई कसरी अगाडी बढाउन पर्छ भन्ने कुरामा हाम्रो भुमिका रहन्छ उनले भनिन ।


त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, सुदूरपश्चिम विश्वबिद्यालय विशेष आवश्यकता शिक्षा विभागका उपप्रध्यापक डा.यज्ञराज पाण्डेय रहेका थिए । कार्यक्रममा सुप समावेशी आधारभूत विद्यालयका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउद, रामचन्द्र जोशी, अनिल कुमार मल्ल, खडक कुमार बुढा, पुष्पा रोकाया, दिलिप चौधरी, भीम बहादुर शाह, विद्यालयकी प्रिन्सिपल देवी साउँद, रामलाल चौधरी, दमयन्ती कुमार बिष्ट, टिका कुमारी पुरी, गिता भट्ट,शुशिला जोशी भट्ट, नन्दराम भट्ट, लक्ष्मण वि.क. लगायतको उपस्थिति रहेको थियो ।
शुभकामना कार्यक्रममा बोल्दै शिक्षा विभागका उपप्रध्यापक पाण्डेयले यस विभागले अपाङ्गता भएका बालबालिकाहरु र अपाङ्गता भएका जतिपनि व्यक्तिहरु हुनुहुन्छन् उनिहरुको सिकाइको अवसरलाई सुनिश्चित गर्नको लागि माष्टर्स लेबल स्थाकोत्तर तमा उहाँहरुको दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सुदूरपश्चिम विश्वबिद्यालयले कार्यक्रम संचालन गरेको छ । जुन कार्यक्रमलाई प्राविधिक सहयोग दक्षिण कोरियाको छाङ्गवाङ्ग नेसनल युनिर्भसिटी प्रदान गर्र्दै आएको छ ।
सुदूरपश्चिम विश्वबिद्यालयले त्यो अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको पहुँचलाई सुनिश्चित गर्नको लागि नेपालमा भएका १० वटा अपाङ्गताको प्रकार अलावा अन्तराष्ट्रियमा १३ वटा अपाङ्गताको प्रकारमा रहेर पाठ्यक्रम निर्माण गरी कार्यक्रम संचालन गरेको छ । जसको मुख्य उद्देश्य भनेको अपाङ्गता रहेका बिद्यार्थीहरुको शिक्षण गर्नको लागि दक्ष मानव स्रोत शक्तिको उत्पादन गर्ने रहेको छ । जस अन्तरगत एउटा स्कुलको छनौट गर्नुपर्ने भएकोले त्यो बिद्यालयको रुपमा सुप समावेशी आधारभूत बिद्यालयलाई छनौट गरी बैत्तिक शैक्षिक योजना निर्माण गर्ने देखि लिएर यहाँका प्रधानाध्यापकलाई दक्षिण कोरियाको समावेशी बिद्यालयहरुको राम्रो अभ्यासको अवलोकनका लागि यो भन्दा अगाडी पठाइसकिएको बताए ।
शुभकामना कार्यक्रममा बोल्दै वडा अध्यक्ष भट्टले यस विद्यालयमा अभैm पनि समस्या भएको कुरा अवगत नै रहेको छ यस बिद्यालयलाई सके अनुसारको सहयोगका लागि हामी जहिले पनि साथमा छौं । उनले भने, ‘अहिले शिक्षक दरबन्दी मिलानका प्रकृया पनि नगरपालिकाले संचालन गरेको छ । हामिले यो कार्यक्रममा बसेका छौं कुनै बिद्यालयबाट समायोजन हुँदै गर्दा यहाँको समस्याहरुलाई पनि राख्नु पर्छ भन्ने सोच रहि आएको छ ।’ यस बिद्यालयलाई जहिले पनि हाम्रो तर्पm र नगरपालिकाको तर्पmबाट हुने सहयोग सद्रैव रहिरहने बताए ।
उक्त कार्यक्रममा सम्पूणर्ले शुभकामना मन्तव्य व्यक्त गरिएको कार्यक्रमको संचालन शिक्षिका कुश्मा जोशीले गरेकी थिइन् ।
सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरुका लागि पढाई हुने विद्यालय हो । अपाङ्गता सवालमा लागि परेका अपाङ्गता अभियान्ता मान वहादुर साउदको टिमको अनवरत प्रयासबाट सुरुमा २०६७ सालमा १० जना अपाङ्गता भएका विद्यार्थीहरुवाट सुरु गरेको यो विद्यालयमा वर्तमानमा ७६ जना अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
जसमा ३७ छात्र ३९ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेशको ९ जिल्ला र हुम्ला, मुगु गरी ११ जिल्लाका बालबालिकाहरु यस विद्यालयमा अध्ययनरत छन् ।



