ट्रकको ठक्करबाट एक बृद्धाको मृत्यु

अत्तरिया– कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ। शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी डोटीमा ‘कटी फूपु’को नामले परिचित थिइन्। रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

Navadurga sun

ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...