नौगाड गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटना

Dadeldhura hospital

दार्चुला- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार गाउँपालिकाको गाडी दुर्घटना भएको छ । जिल्लाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३९०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका३ बगड जामिरमा दिउसो साढे १२ बजेतिर दुर्घटना भएको हो ।

जिप दुर्घटना हुँदा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको बताइएको छ । घाइते दुबैलाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो ।

Navadurga sun
Godawari sandesh
Loading...