सुदूरपश्चिम प्रदेशले भूकम्प पीडितलाई १ करोड रुपैयाँ दिने, प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मी पठाउने

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित कर्णालीका पीडितका लागि एक करोड रकम दिने भएको छ । शनिबार बिहान बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले कर्णालीका भूकम्प पीडितका लागि प्रदेश सरकारले एक करोड रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।

Navadurga sun

उनले, आजै २० जनाको स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्र पठाउने निर्णय भएको जानकारी दिए । औषधी, स्वास्थ्य उपकरण र अन्य राहत सामाग्रीसहित आज नै टोली कर्णाली जाने उनको भनाई छ।

प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रती श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेहरूको सिघ्र स्वास्थ लाभको कामना गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...