परशुरामका मेयर जोशीले आफूले पाउने सुविधा वाफतको एक लाख भूकम्प पीडितलाई दिने

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफूले पाउने सुविधा वाफतको एक लाख रकम जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गरेका हुन्।

Dadeldhura hospital

‘यस दुःखद घटनामा पीडित जनतालाई साथ दिन मैले नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुबिधा तथा ब्यक्तिगत खर्च कटौती गरि सानो सहयोग स्वरूप १ लाख दिने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

Navadurga sun
Godawari sandesh

शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १३२ जनाभको मृत्यु भएको छ। शनिबार बिहान १० बजेसम्ममा जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो।

यस्तै जाजरकोटमा ५५ र रुकुममा ८५ जना गरी १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी खोज र उद्धारको लागि खटिएको छ।

Loading...