कैलालीमा महिलालाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

धनगढी– कैलालीमा एक महिलालाई ठक्कर दिएर फरार भएका कार चालक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो ।

Dadeldhura hospital

गम्भीर घाइते उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन ।

Navadurga sun
Godawari sandesh

इलाका प्रहरी कार्यालय मालाखेतीले सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले रूपन्देहीको तिलोतमा नगरपालिका-११ महुबारीका ५० वर्षीय ज्ञान राज पाण्डेले चलाएको बा १५ च ८४७० नम्बरको कारले ठक्कर दिएको खुलेको हो ।

भारतको नैनीताल घुम्न गएका उनी महिलालाई ठक्कर दिएर भागेका थिए । पाण्डेलाई बुटवल प्रहरीको सहयोगमा आइतबार पक्राउ गरिएको डीएसपी बरालले बताए । अहिले कार र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको उनले बताए । चालकले समेत गल्ती भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

Loading...