जथाभाबी सडकमा कुखुराको प्वाँख फाल्नेलाई ५ हजार जरिवाना गरिने

Dadeldhura hospital

धनगढी– धनगढीका सडकमा कुखुराको प्वाँख जथाभाबी फाल्नेलाई जरिवाना गरिने भएको छ । धनगढी उपमहानगरपालिकाले कुखुराको प्वाँखहरू जथाभाबी सडकमा फाल्नेलाई रु ५ हजार जरिवाना गर्ने भएको हो ।

रातीको समयमा आफ्नो मासु पसलका कुखुराको प्वाँखहरू जथाभाबी सडकमा फाले ५ हजार जरिवाना लगाइएको छ ।उपमहानगरपालिकाको सरसफाइ शाखाले सडकमा प्वाँख फाल्नेलाई सम्झाई बुझाइ समेत गरेको जनाएको छ । स्वच्छ धनगढी निर्माणका लागि सम्पूणर्ले आ-आफ्नो क्षेत्रबाट महत्वपूणर् योगदान गरिँदिन समेत उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

Loading...