सुदूरपश्चिममा भूकम्प पीडितका लागि २ सय ५० अस्थायी आवास बनाइने

कञ्चनपुर– नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि २ सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ । गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्‍याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालय सहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो ।

त्यसैगरी ती दुई जिल्लाका ६ सय भूकम्प प्रभावित परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ । सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको हो ।

Navadurga sun

नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनब हादुर जप्रेलले भूकम्पपछि बझाङ र बाजुराका विभिन्न पालिकामा पुगेर स्थानीयलाई त्रिपाल, कम्बल, म्याट लगायतका गैरखाद्य राहत वितरण गरिएको जानकारी दिए । ‘गत वर्ष हामीले डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिदिएका घर टहरामै स्थानीयवासी आश्रित छन्’, उनले भने, ‘अहिलेको भूकम्पमा पूणर् रुपमा प्रभावित स्थानीयवासीको घर पुनःनिर्माण लगायतमा सहयोगका लागि पनि गृहकार्य हुँदैछ ।’

यस पटक गएको भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पुर्‍याएको थियो भने बाजुरामा खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा क्षति पुर्‍याएको थियो । रेडक्रसका अनुसार गत महिनाको भूकम्पबाट बझाङमा कूल ९ हजार ८ सय ७६ परिवार प्रभावित छन् । ती मध्ये २ हजार ५ सय २२ परिवारको घरबास पूणर् रुपमा क्षतिग्रस्त छ ।

‘पूणर् रुपमा प्रभावित मध्ये ८ सय ७१ परिवार घर फर्किसके’, उनले भने, ’यहाँ ७ हजार ३ सय ५४ घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ ।’ त्यसैगरी बाजुरामा भूकम्पले ६ हजार १ सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा १ हजार ४ सय ४१ प्रिवार पूणर् रुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ । ‘४ हजार ७ सय ३७ परिवार आंशिक रुपले प्रभावित बने’, उनले भने, ‘दुवै जिल्लामा हामीले पालिकामा पुगेर तत्काल राहत वितरण गरेका छौँ ।’

रेडक्रसले बझाङमा ४ सय १५ त्रिपाल र ३ सय ७७ कम्बल, म्याट लगायतका सामग्री वितरण गरेको छ भने बाजुरामा ५ सय १५ त्रिपाल, ४ सय १३ कम्बल लगायतका सामग्री वितरण गरेको वरिष्ठ सहायक जप्रेलको भनाइ छ ।

गत वर्ष कार्तिकमा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रविन्दु बनाएर भूकम्प जाँदा डोटीमा ६ जनाले ज्यान गुमाउनुका साथै स्थानीय ७ जना घाइते भएका थिए । भूकम्पका कारण तहस नहस बनेको डोटीको पूर्वीचौकी गाउँपालिकामा सयौँ भौतिक संरचना पूणर् रुपले क्षतिग्रस्त समेत बन्न पुगेको थियो । भूकम्पपछि आपत्कालीन राहतका साथै स्थानीयको घरटहरा पुनःनिर्माणमा जुटेको रेडक्रस डोटी र बझाङमा भूकम्प पीडितका लागि ३ सय ३३ टहरा निर्माणमा सहयोग गरेको थियो । (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...