अछाममा जिप दुर्घटना

Dadeldhura hospital

अछाम– अछाममा जिप दुर्घटना भएको छ । सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित बिउनी भन्ने स्थानमा से १ ज ४९० नम्बर जिप दुर्घटनामा परेको हो ।

गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जिप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ । जिपमा चालक धन बहादुर थापा मात्रै रहेको बुझिएको छ । उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो।

Navadurga sun
Godawari sandesh
Loading...