दसैँको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

काठमाडौं- आश्विन शुक्ल एकादशीका दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जाने क्रम जारी छ।

Dadeldhura hospital

विजयादशमीका दिन नौ दिनसम्म पूजा–आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । दशमीको दिन मान्यजनकहाँ जान नपाएकाहरू आज टीका थाप्न हिँडेका छन् ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताउँछन् ।

नेपालको पश्चिम भेगमा भने दसैँको दिन मात्र टीका, जमरा लगाउने चलन छ । तर, काठमाडौं उपत्यकासहितका पूर्वी भेगमा भने पाँच दिनसम्म दसैँको टीका लगाउने गरिन्छ ।

 

Loading...