धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

Dadeldhura hospital

धनगढी- धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट एक ग्राम १५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका २२ वर्षीय का विज्ञान बस्नेत शुक्रवबार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बस्नेतको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

 

Loading...