बझाङमा जिप दुर्घटना, ६ घाइते

बझाङ- बझाङमा जिप दुर्घटना भएको छ। बझाङको भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जिप दुर्घटनामा चालक विनोद धामीसहित ९ जना सवार उक्त जिप ब्रेक फेल भएर खोरी र नौराको बिच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ।

Navadurga sun

दुर्घटनामा परि घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका इनार महत, रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन्।

२५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। त्यस्तै वर्ष २२ का प्रकाशको हात कम्मरमा चोट लागेको छ भने अवस्था चिन्ताजनक रहेको छ। ३१ वर्षीय रामबहादुर धामीको खुट्टामा चोट लागेको छ। १४ वर्षीय अशोक धामी मुख र कम्मरमा चोट लागेको छ।

१६ वर्षीय सन्तोष धामीको खुट्टामा चोट लागेको छ भने १६ वर्षीय निरन धामीको खुट्टामा चोट लागेको बझाङ प्रहरीले जनाएको छ।घाइतेहरूलाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको छ। गाडी चालक र अन्य दुई जना भने सकुशल छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...