आज र भोलिको मौसम समान्यतया सफा, पर्सि पश्चिमी क्षेत्रमा पानी पर्ने अनुमान

काठमाण्डौ- काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आजको मौसम आंशिक बदली हुने अनुमान गरिएको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताए ।

Dadeldhura hospital

उनका अनुसार आज र भोलि पानी पर्ने सम्भावना छैन । तर, पर्सि भने पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षाको अनुमान गरिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पर्सि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए। पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको हो ।

यसैबीच, मौसमविद्ले दशैँमा मौसम सफा हुने अनुमान गरेका छन् । पहाडी क्षेत्रका एकरदुई ठाउँमा बदली र हल्का वर्षा भए पनि सामान्यतया मौसम राम्रो रहने मौसमविद्ले बताएका छन् । भोलि फूलपातिदेखि विजयादशमीको दिनसम्मको मौसम अवस्था बारे आज मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै छ ।

Loading...