Satyawati
Division ban Pahalmanpur

बैतडीमा जिप दुर्घटना

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बैतडी- धनगढीबाट दार्चुलाका लागि हिँडेको जिप बैतडीमा दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–६ हिरापूर नजिक ९टि–टाईम० जिप दुर्घटना भएको हो। धनगढीबाट दार्चुलाको लागि हिडेको म १ ज २६० नम्बरको जिप आइतवार बिहान साढे ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

Malpot office dadeldhura

जिपमा सवार ४ जना यात्रुहरूलाई सामान्य चोट लागेको छ। अपिहिमाल गाउँपालिका दार्चुलाका पूर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य दुई यात्रुहरू सामान्य घाइते भएका छन्।

हिक्मत कार्की र एक अर्का यात्रुको टाउकोमा चोट लागेको छ । जिप सात जना यात्रु बोकेर शनिवार साँझ धनगढीबाट हिँडेको थियो। सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ।

 

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...