सुदूरपश्चिम प्रदेशमा अपाङ्गताका नीति नियमका बिषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न

अत्तरिया, २४ असोज । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशमा बनेका नीति, नियम ऐनहरुको बारेमा जानकारी तथा नीतिको पुनरावलोकन र अपाङ्गताका सवाल बिषयक सांसदहरुसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमका बिच राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा परिलक्षितको आर्थिक सहयोग र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको समन्वय सहकार्यमा उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Navadurga sun

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका माननीय प्रदेश सदस्य प्रकास बम, माननीय तुलसी देवकोटा, माननीय खेमा विष्ट, माननीय लक्ष्मी वि क, माननीय टीका थापा, माननीय जानकी देवी कुवर, माननीय लक्ष्मण किशोर चौधरी, मुख्य न्यायाधिवक्ता ठेकेन्द्र जोशी, राष्ट्रिय मानव अधिकार आयोग सुप का प्रमुख हरि प्रशाद ज्ञवाली, कानुन अधिकृत लक्ष्मी जोशी, कानुन अधिकृत उत्तम गौतम, यूएनडीपी सुदूरपश्चिम प्रदेशका प्रमुख बैजयन्ती गिरी, सुदूरपश्चिम विश्व विधालयका उप प्राध्यापक डा.यज्ञराज पाण्डेय, प्रदेश प्रहरी निरिक्षक देव सि भण्डारी, परिलक्षीत काठमाडौंका कार्यक्रम अधिकृत लक्ष्मी श्रेष्ठ, परिलक्षीतका पुष्पा रोकाया, लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परिलक्षीतका कार्यक्रम अधिकृत लक्ष्मी श्रेष्ठले परिलक्षीत संस्थाले गर्दै आएका कामहरु र उपलब्धिको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । त्यसतै डा. पाण्डेयले प्रदेशले बनाएका कानुनमा अपांगताको दृष्टिकोणबाट पुनरावलोकन गरिएको बारे प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा विभिन्न कानुनको समीक्षा समेत गरिएका विषय बस्तु उतार गरि प्रदेश सदस्यहरुबाट प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरिएको थियो ।

कार्यक्रममा नव नियुक्त मुख्य न्याधिवक्तालाई फुलमाला लगायर सम्मान गरिएको थियो भने सहयोगी संस्थालाई मायाको चिन्हो हस्तान्तरण गरिको थियो । कार्यक्रमको संचालन प्रदेश व्यवस्थापक प्रिया खडकाले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...