

बैतडी- बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिएको छ। जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका ६ हिरापुर नजिकै जिपले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन ।



खोडपेबाट बैतडी सदरमुकामतर्फ गइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकल र गोठलापानीबाट खोडपे तर्फ आउदै गरेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिदा मोटरसाइकल भिरमा खसेको हो ।


मोटरसाइकल सडकबाट करिब ४० मिटर तल खसेको छ । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्र बहादुर चन्द गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते रहेका प्रहरीले जनाएको छ ।ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।