दार्चुलामा मिनी ट्रक दुर्घटना एकको मृत्यु

दार्चुला- दार्चुलामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको ब्रहमदेव तर्फ जाँदै गरेको से १ ज १२५२ नम्बर मिनी ट्रक राताकाठा भिरमा दुर्घटना भएको हो ।

udhok dadeldhura

खाद्यान्न लिएर ब्रहमदेव तर्फ गइरहेको मिनी ट्रक गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने राताकाठा भिरबाट अन्दाजी ३÷४ सय मिटर तल महाकाली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । अहिले दुर्घटना स्थलमा प्रहरी पुगेको छ ।

प्रत्यक्षदर्शीका अनुसार महाकाली नदी किनारमा एक जना पुरुषको शव देखिरहेको छ । उक्त शव सोही ट्रक चालकको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा फोन नेटवर्कले काम नगर्दा थप जानकारी लिन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

Loading...