लोटस आई क्रिकेट कपको ट्रफि तथा टाईसिट सार्वजनिक, प्रतियोगिता १७ गतेदेखि हुने

प्रकाश बहादुर बाेहरा/अत्तरिया, १४ असाेज– कैलालीको अत्तरियामा हुने लोटस आई क्रिकेट कपको ट्रफि तथा टाईसिट सार्वजनिक गरिएको छ ।

Ganyapdhura gau

अत्तरियामा रहेको क्रिकेट क्लबले असोज १७ गतेदेखी २६ गतेसम्म आयोजना गर्न लागेको लोटस आइ क्रिकेट कपको एक कार्यक्रमका बिच ट्रफि तथा टाईसिट सार्वजनिक गरिएको हो ।

Navadurga sun
Godawari sandesh

उक्त प्रतियोगितालाई ए र बि गरि दुई समुहमा विभाजन गरिएको छ ।

समुह ए मा सैनिक आवासीय महाविधालय तेघरी, सरस्वती मा वि गेटा, लोटस आई सेकेन्डरी स्कुल अत्तरिया र कन्चनजंघा सेकेन्डरी स्कुल गुलरिया रहेका छन् ।

Dadeldhura hospital

त्यस्तै समुह बि मा ज्योति इङलिस सेकेन्डरी कञ्चनपुर, सत्यवती एकेडेमी अत्तरिया, जे के सेकेन्डरी अत्तरिया र दुर्गालक्ष्मी नमुना मा वि अत्तरिया रहेका छन् ।

प्रतियोगिताको प्रायोजन लोटस सेकेन्डरी स्कुलले गरेको छ । प्रतियोगितामा प्रदेशभर का ८ वटा टिम को सहभागी रहेका छन् ।

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु १ लाख १ हजार ट्रफी र मेडल उपलब्ध गराइने भएको छ ।

त्यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ। प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी,उत्कृष्ट ब्याटर र बलरलाई पनि पुरुष्कारको व्यवस्था गरिएको जनाएको छ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरणमा खेलाइने छ । प्रतियोगिताकाे उद्घाटन ९:३० बजे गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको शान्तिपुरकाे खेल मैदानमा हुने जनाइएको छ ।
अत्तरिया क्रिकेट प्रतियोगिताका खेल संयाेजक कमल कडायतकाे सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लाेट्स आई बाेडिङ्ग स्कुलका प्रबन्ध निर्देशक धुर्व कडायत रहनु भएकाे थियाे ।
त्यस्तै विशिष्ट अतिथिमा लाेट्स आई बाेडिङ्ग स्कुलका प्रधानाध्यापक मान बहादुर ऐर, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य रजत शाही रहेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष देवेन्द्र गौतम, क्लबका पदाधिकारीहरू, बिभिन्न बिद्यालयका शिक्षकहरू लगायतकाे उपस्थिति रहेको थियो ।

Loading...