डेंगी संक्रमितको संख्या ३१ हजार नजिक

काठमाडौं- पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगीबाट ३० हजार ८९८ जना संक्रमित भएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

सेप्टेम्बरका २५ दिनमा सात हजार ७७९ जना डेंगी संक्रमित थपिएका छन् । डेंगीबाट जुलाईयता १५ जनाको मृत्यु भएको छ । हालसम्म सबैभन्दा धेरै कोसी प्रदेशमा २२ हजार ५४० जना संक्रमित भएका छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै, वाग्मतीमा चारहजार ४६०, मधेसमा ५६७, गण्डकीमा एकहजार ८४०, लुम्बिनीमा ५०६, कर्णालीमा ८७ र सुदूरपश्चिममा ८९८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा एकहजार ६२ जना संक्रमित भएको तथ्यांक छ ।

 

Loading...