सुप समावेशी आधारभुत बिद्यालयको नवनिर्मित २ कोठे पक्कि भवनको उद्घाटन

प्रकाश बहादुर बोहरा/अत्तरिया, २ असोज । कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभुत बिद्यालयको दुई कोठे पक्कि छात्रावास भवनको उद्घाटन गरिएको छ । समावेशी गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका वडा नं. २ मा रहेको उक्त विद्यालयमा नवर्निमित २ कोठे भवनको उद्घाटन गरिएको हो ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको सहयोग र गोदावरी नगरपालिकाको समन्वय सहकार्यमा बनेको अपांगतामैत्री नवनिर्मित २ कोठे छात्रवास भवनको मंगलबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्ना देवी बोहराको सभाध्यक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले प्रदेश सरकार, संघीय सरकार र स्थानिय सरकार तिनै तहको सरकारले यस्ता किसिमका संस्थालाई हेर्नुपर्ने आवश्यक रहेको बताए । सुदूरपश्चिमका मात्रै नभई अरु प्रदेशका पनि बालबालिका सहभागि भएका छन् त्यसैले पनि छात्रवासको आवश्यक रहेको बताए । ‘सानेपामा भएको अपाङ्ग अस्पतालमा गएर सुदूरपश्चिममा भाईवहिनीहरुले उपचार गराउन नपरोस, आउँदा जाँदाको खर्च, बस्दाको अपठेरो कुरालाई मध्य नजर गरेर गोदावरी नगरपालिकामा एउटा शाखा संचालन गर्ने कुरामा हामी अगाडी बढेका छौं ।’ उनले भने, ‘अबको दुई महिना भित्र त्यसको शाखा स्थापन हुने छ ।’

Dadeldhura hospital

त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीका कानुन उप सचिव विश्वदिप वेस्रा रहेका थिए । त्यस्तै कार्यक्रममा गोदावरी नगरपालिका वाड नं.१ का अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, गोदावरी नगरपालिका वडा नं.४ का अध्यक्ष हेम प्रकाश मल्ल, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवाली, नगर शिक्षा समितिका सदस्य डा. डम्मर पाल, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, सामाजिक विकास मन्त्रालयका विशेष शिक्षा शाखा प्रमुख गोपाल दत्त जोशी, इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक बासुदेव भट्ट, विल्ड वन नेपाल धनगढी कैलालीका यज्ञराज चौधरी, सरस्वती मा.वि. गेटाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्मर भट्ट, गोदावरी नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव दिपिन साउँद, सुप समावेशी आधारभूत विद्यालयका प्रधानाध्यापक देवी साउँद, शिक्षक/शिक्षिका, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै आधारभूत तह कक्षा १ देखि ७ सम्म छात्र ३७ र छात्रा ३९ जना रहेको र माध्यमिक तह कक्षा ८ मा छात्रा २ जना रहेको बताए । हाल आवासमा बस्नेहरुको संख्या ७९ जना रहेको छ । जसमध्ये ७० जना आवासमा अपाङ्गता छात्र छात्रा, कर्मचारी ७ जना माथीला कक्षाका २ जना छात्राहरु रहेका छन् भने घरबाट आउने जाने ६ जना रहेको छन् ।

२०८१ सालमा १ सय जना विद्यार्थी पुर्‍याउने लक्ष्य रहेको छ । यस विद्यालयमा कर्मचारी १३ जना रहेका छन् । यस विद्यालयले भोग चलन गर्दै आएको जग्गाको क्षेत्रफल ३ बिधा रहेको छ । उक्त जग्गा विगत ८/१० बर्ष देखि स्थानिय सरकारबाट चार किल्ला प्रमाणित गरी भोक चलन गर्दै आएको कुरा प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।

अपांगतामैत्री छात्रवास भवनको जनश्रमदानबाट २५ प्रतिशत अर्थात ४ लाख ७५ हजार, जम्मा कुल रकम २३ लाख ७५ हजार, विद्यालयले प्राप्त गरेको रकम १८ लाख २० हजार १ सय २५ रहेकोमा भवन निर्माणमा यर्थात खर्च १९ लाख ९४ हजार ५ सय ५६ रुपैया ६८ पैसा लागेको बिद्यालयले जनाइएको छ ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य गोदावरी नगरपालिका वडा नं. २ का सदस्य तथा शिक्षक अभिभावक समितिका अध्यक्ष डबल बहादुर साउँदले गरेको कार्यक्रमको संचालन विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले गरेका थिए ।

सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरुका लागि पढाई हुने विद्यालय हो । अपाङ्गता सवालमा लागि परेका अपाङ्गता अभियान्ता मान वहादुर साउदको टिमको अनवरत प्रयासबाट सुरुमा २०६७ सालमा १० जना अपाङ्गता भएका विद्यार्थीहरुवाट सुरु गरेको यो विद्यालयमा वर्तमानमा ७६ जना अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

जसमा ३७ छात्र ३९ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेशको ९ जिल्ला र हुम्ला, मुगु गरी ११ जिल्लाका बालबालिकाहरु यस विद्यालयमा अध्ययनरत छन् ।

Loading...