
डडेल्धुरा- डडेल्धुरामा लागूऔषध र नगद रकमसहित बझाङका एक जना पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर–८ मिटमार्ट मासु पसल नजिकबाट ३ किलो ८ सय ४ ग्राम लागूऔधसहित बझाङको बुंगल नगरपालिका वडा नम्बर११ बस्ने ३५ वर्षीय धनबहादुर बोहरा बिहीवार साँझ पक्राउ परेका हुन्।



जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषधसहित मोबाईल फोन थान १, सादा मोबाईल थान १, नेपाली रुपैयाँ २३ हजार ५ सय ३० र भारतीय २ हजार ६ सय १० रुपैयाँसमेत फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।




