अमरगढी नगरपालिकामा आज शोक बिदा

डडेल्धुरा- अमरगढी नगरपालिकाले शोक वक्तव्य निकाल्दै आज शोक बिदा दिएको छ। नगरपालिको वडा न।१ का वडासचिव खगेन्द्रप्रसाद पन्तको मोटर साइकल दुर्घटनामा परि मृत्यु भएकोे शोकमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

बैतडीको पाटन नगरपालिका–२ ढुंगेली घर भएका ५८ वर्षीय पन्त मंगलबार बिहान अमरगढी नगरपालिकाकै स्याउले नजिकै से ५ प २८०३ नम्बरको मोटरसाइकल सहित उनी खाल्डोमा मृत भेटिएका थिए ।

 

ADD Khali jpg
Loading...