भारतमा थप १ सय ८० मेगावाट बिजुली निर्यात

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले गएरातिदेखि थप १ सय ८० मेगावाट बिजुली निर्यात सुरु गरेको छ । १ सय १० मेगावाट बिजुली ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर प्रसारणलाइनबाट निर्यात गरेको हो ।

Ganyapdhura gau

ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट यसअघि ४ सय ५२ मेगावाट निर्यात हुादै आएको थियो । उक्त बिजुलीको दैनिक फरक मूल्य तय हुने गरेको थियो ।

Godawari sandesh
Dadeldhura hospital

अब यही प्रसारणलाइनबाट भारतको हरियाणा राज्यलाई प्राधिकरणले भारतीय ५ रुपैयाँ २५ पैसामा ५ वर्षका लागि नियमित रुपमा निर्यात गर्न लागेको हो ।

गत मंगलबार भारतको विद्युत व्यापार निगमले निर्यातका लागि प्राधिकरणलाई अनुमति दिएको थियो । महेन्द्रनगर-टनकपुर प्रसारणलाइनबाट यसअघि बिजुली आयातमात्रै हुने गरेको थियो ।

गएरातिदेखि कुल ६ सय ३२ मेगावाट बिजुली भारतमा निर्यात गरिनेछ । भारतमा आवश्यक परेका बेला ७ सय मेगावाटसम्म निर्यात गरिने प्राधिकरणले जानकारी दिएको छ ।

Couple
Loading...