पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा, लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने

काठमाण्डौ- गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

Dadeldhura hospital

सुदूरपश्चिममा दिउँसो र राति तथा लुम्बिनीमा राति ठूलो पानी पर्ने मौसमविद् कँडेलले जानकारी दिए । आज काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि पानी पर्ने उनले बताए ।

Navadurga sun
Godawari sandesh

देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । भोलिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

Loading...