बैतडीका विद्यालयमा आज शोक बिदा

बैतडी- बैतडीको दोगडाकेदारका विद्यालयमा आज शोक बिदा दिइएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ सित्तडस्थित भगवती माविका प्रधानाध्यापक गणेशसिंह भण्डारीको निधन भएकाले आज शोक बिदा दिइएको हो।

लामो समयदेखि शिक्षण पेशामा रहेका भण्डारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै सोमवार मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

Navadurga sun

बिरामी रहेका उनलाई अस्पताल लैजाने क्रममा कैलालीको गोदावरीमा मृत्यु भएको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए। अंग्रेजी भाषामा राम्रो दख्खल भएका भण्डारीको निधनले एक जना असल शिक्षक गुमेको प्रधानाध्यापक नाथले बताए।

यसैबिच प्रधानाध्यापक भण्डारीको निधन भएको शोकमा आज दोगडाकेदार गाउँपालिकाभरीका सामुदायिक विद्यालयहरूमा शोक बिदा दिइएको छ। गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै प्रधानाध्यापक भण्डारीको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ।

गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भण्डारीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सधैँ सम्मान र स्मरण गर्ने उल्लेख गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...