सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं- आज बुधबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Dadeldhura hospital

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६०० सय र तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ कायम भएको छ । मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा छापावाल र एक लाख ९ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

Navadurga sun
Godawari sandesh

यस्तै, चाँदीको मूल्य तोलाम १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँका कारोबार भइरहेको छ । हिजो १४ सय १५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

Loading...