यी जिल्लामा आज बाढीको जोखिम

काठमाडौ- देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Dadeldhura hospital

यस्तै, इलाम, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, भोजपुर, खोटाङ, धनकुटा, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला भई बहने केही साना नदीमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

Navadurga sun
Godawari sandesh

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । तर, यी नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वनुमान छ ।

Loading...