यी जिल्लामा आज बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । आज र भोलि महाकाली नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Navadurga sun

यस्तै, ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, बाजुरा, बझाङ दार्चुला र आसपास भई बहने केही साना नदीमा समेत बहाव बढ्न सक्ने पूर्वनुमान छ ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...