दुवै मिर्गौला फेल भएका पत्रकार ध्रुव बीसीलाई आर्थिक अभाव, सहयोगका लागि अपिल




अछाम- दुवै मिर्गौला फेल भएका अछामका पत्रकार ध्रुव बीसीलाई उपचारमा आर्थिक समस्या भएको छ । मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका बीसीलाई आर्थिक समस्या भएको हो । अछाममा रहेको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक बीसी एक वर्षदेखि डायलासिस गर्दै आइ रहेका छन् ।



स्वदेश र विदेशका अनेक उपचार विधिहरु प्रयोग गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि अहिले मिर्गौला प्रत्यारोपणको तयारी गरिएको बीसीले बताए । पत्रकार बीसीले उपचारका क्रममा अहिलेसम्म १८ लाखभन्दा धेरै रकम खर्च गरिसकेका छन् ।


तत्काल मिर्गौला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने बीसीलाई बताएका छन् । नयाँ मिर्गौला फेर्नका लागि निकै ठूलो रकम आवश्यक पर्ने भएकोले आफूलाई सक्दो सहयोग गरेर जीवन रक्षा गरिदिन बीसीको आग्रह छ । उनले ध्रुव बीसीको नाममा आइएमी गरेर, ईसेवामार्फत र बैंक खातामार्फत सयोग गर्न सकिने समेत बताएका छन् ।
पत्रकार ध्रुव बीसीलाई नेपाल एसबीआई बैंकको भक्तपुर शाखाको खाता नम्बर २०७१५२४१४०५६५४, कृषि विकास बैंकको मङ्गलसेन अछाम शाखाको खाता नम्बर ०८२२६०११०९८४४०२६ मा सहयोग रकम जम्मा गर्न सकिनेछ । त्यस्तै ई-सेवा नम्बर ९८५११३०९६५ मा पनि सहयोग रकम जम्मा गर्न सकिने पत्रकार बीसीले बताएका छन् ।



